झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, फागुन ७ । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो मोरङको केराबारी गाउँपालिका-१० स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह ( PIT) र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय सुमन तामाङलाई ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्राम र नगद १४ हजार ४ सय ७० रुपैँया सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेकजाँचको क्रममा धरान-१८ का २२ बर्षीय जेम्स राईलाई ५९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

सोही दिन झापाको बिर्तामोड-४ का २७ बर्षीय पुर्ण बहादुर बस्नेतलाई ब्राउनसुगर ५ सय ८० मिलिग्राम र नगद ८ हजार ४ सय ७५ रुपैया सहित ईलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले पक्राउ गरेको छ भने सुनसरीको प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका-७ स्थितमा चेकजाँचको क्रममा प्रदेश ०१-०२-०४१ प १४६५ नम्बरको मोटरसाईकलमा सवार रहेका हरिनगरा-६ का २८ बर्षीय रब्बाम मियाँ र आदिल आलमलाई प्रतिबन्धित औषधी ट्रामाडोल १५ हजार २० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।