प्रजातन्त्र दिवसको अबसरमा पाख्रीबास स्थित सिमसार क्षेत्र सरसफाई
धनकुटा,फागुन ७ । ७४ औं प्रजातन्त्र दिवसको अबसरमा धनकुटामा धनकुटाको पाख्रिवास स्थित संसारी माईस्थान सिमसार पर्यटकिय स्थल सरसफाई गरि मनाईएको छ । सिमसार क्षेत्र भित्रको बिभिन्न प्रकारका फोहोर संकलन गरिएको छ ।
त्यस्तै सिसाका बोटल, पानीका बोटल समेत सरसफाई गरिएको छ । यो पर्यटकिय स्थल धनकुटाको मुख्य एक पर्यटकिय स्थल हो । सधै सदरमुकाम केन्द्रित हुदै आएको कार्यक्रम सदरमुकाम बाहिरका पर्यटकिय स्थलको प्रचारप्रसार सहित सरसफाई गर्ने उदेश्यले सिमसार क्षेत्रमा गरिएको जिल्ला समन्बय प्रमुख तथा प्रजातन्त्र दिवस मुल समारोह समितिका संयोजक निरन तामाङ्गले जानकारी दिनुभयो ।
कार्यक्रममा धनकुटा ख का प्रदेशसभा सदश्य ईन्द्रमणी पराजुली, प्राख्रिवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ्ग सहित धनकुटाका बिभिन्न सरकारी कार्यलयका प्रतिनिधि जिल्ला स्थीत बिभिन्न संघसस्थाका प्रतिनिधि तथा स्थानिय नेपाली सेना,सशस्त्र, प्रहरी तथा जनपथ प्रहरीको सहभागिता रहेको थियो ।
त्यस्तै कार्यक्रम तिन दिन सम्म मनाईने पनि जनाइएको छ । सो अन्तर्गत आईतबार धनकुटा स्थित औधोगिक ग्राम सरसफाई गरिएको छ । त्यस्तै मंगलबार भने धनकुटा ७ स्थित सामुदायिक बन सरसफाई तथा अग्नी रेखा तयार गरिने प्रजातन्त्र दिवस मुल समारोह समितिका सदस्य तथा फेकोफन धनकुटाका अध्यक्ष निल बहादुर थापाले जानकारी दिनुभयो ।





