इटहरीमा स्कुटर दुर्घटना हुँदा शिक्षक तेन्जिङ तामाङको मृत्यु
इटहरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार बिहीबार (आज) बिहानको राति १ः२० बजेतिर इटहरी २० तरहरास्थित शान्ति टोलको भित्री सडकखण्डमा गुडिरहेको स्कुटर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा ३८ वर्षीय तेन्जिङ तामाङ (तितुङ)को मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४९२९ नम्बरको स्कुटर आफैं अनियतन्त्रित भएर सडकको साइडमा रहेको स्कुलको भित्तामा ठक्कर हुँदा ३८ वर्षीय तेन्जिङ तामाङ (तितुङ)को मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
मृतक तितुङ तरहरास्थित प्याराडाइज बोर्डिङ स्कुलका शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


