धनकुटाको कैलेनी खोलामा १२० मिटर लामो झोलुङ्गे पुल निर्माण

धनकुटा । धनकुटा नगरपालिका वडा नं १ कैलेनी खोलामा १२० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । संघिय सरकार र धनकुटा नगरपालिकाको संयुक्क्त लगानीमा पुल निर्माण गरिएको हो । त्यस क्षेत्रका ४४८ घरधुरी संख्याका २ हजार १ सय ८९ जनसंख्यालाई लक्षित गरि ६५ लाख बढी लागतमा पुल निर्माण गरिएको हो ।

यो पुलको निर्माण कार्य हालै मात्र पुरा भएको पुल निर्माणका लागि प्राविधिक कामको जिम्मा पाएको संस्था पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीन प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यो पुल बनेसँगै त्यस क्षेत्रका स्थानियलाई आफ्नो कृषि उपज, तरकारी तथा फलफुल जन्य सामाग्री बजारसम्म निकाल्न सजिलो हुने अपेक्षा गरिएको छ ।

हाल जिल्लाको शहिदभुमी गाउँपालिका ३ रोगे खोला, धनकुटा नगरपालिका ८ र छथरजोरपाटी गाउँपालिका ३ लाई जोड्ने तांखुवा लगायत स्थानमा झोलुङ्गे पुल निर्माणको काम भईरहेका छन् ।

महालक्ष्मी नरपालिकाको लेगुवा खोला,पाख्रीवास नगरपालिकाको छेंगुवा खोलामा यस्ता पुल बनिसकेको पर्डेप नेपाल धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।