सहिदभूमि गाउँपालिकाका कृषकलाई ५० प्रतिशत अनुदानमा १३ थान मिनीटिलर वितरण

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटाले ५० प्रतिशत अनुदानमा कृषकलाई १३ थान खेतवारि जोत्न प्रयोग हुने मिनीटिलर वितरण गरेकाे छ ।

पालिकाले कृषि कार्यलाई सहज बनाउन कृषि सहकारी, कृषक समूह र कृषि फार्ममा आबद्ध किसानलाई मिनिटिलर वितरण गरेको हाे ।

कृषि सहकारी, समूह र फार्ममा आबद्ध किसानलाई सेभेन हर्ष पावरकाे डिजेल ईन्जिन बाट चल्ने मिनिटिलर वितरण गरेको पालिकाकाे कृषि शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिनुभयो ।

उक्त मिनिटिलर वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष मनाेज राई ,उपाध्यक्ष रत्नश्वरी राई , प्रशासकीय प्रमुख नवीन कार्की ,वडाअध्यक्ष तथा आर्थिक विकास समिति सदस्य हेमकुमार राई , लेखा शाखा प्रमुख नितेस कुमार यादव लगायतले कृषकलाई मिनिटिलर प्रदान गर्नुभएको थियो ।

पालिकाको चालु आवमा सञ्चालित अनुदान कार्यक्रम अन्तरगत टमाटर खुर्सानीकाेबीउ , विषादी स्प्रे , लगायतका उपकरण तथा सामाग्री किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिरहेकाे पालिकाले जनाएको छ । यस्तै गरि पालिकाले उन्नत जातका २५ कृषि समूह ,सहकारी ,फर्मलाई ६ सय ४५ प्याकेट टमाटरका बीउ वितरण गरिएको पालिकाकाे कृषि शाखाले जानकारी दिएको छ । उन्नत जातका खुर्सानीकाे बीउ ५० प्रतिशत अनुदानमा कृषि समूह , सहकारी ,फर्मलाई ६ सय १० प्याकेट वितरण गरिएको पालिकाले जनाएको छ ।

यस्तै ५० प्रतिशत अनुदानमा २५ वटा कृषि सहकारी ,समूह ,फर्मलाई ३२ थान विषादी स्प्रे विघुतिय चार्ज स्पीयर वितरण गरिरहेको पालिकाकाे कृषि शाखा प्रमुख राईले जानकारी दिनुभयो । पालिकाकाे मुख्य पेशा कृषि भएकाले कृषिमा आधुनिक यान्त्रिकिकरण गरि उत्पादनमा वृद्धि, समयको सदुपयोग र छिटो छरितो कामका गर्न तथा कृषि क्षेत्रकाे समस्या समाधानका लागि पालिकाले काम गरिरहेकाे जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।