कार्यसम्पादन मूल्यांकनमा धनकुटाका सात पालिका मध्ये चौबिसे गाउंपालिका पहिलो,पाख्रीबास नगरपालिका सातौं
धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्यांकन वापत प्रदेश र स्थानिय तहले प्राप्त गरेको अंक सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
जस अनुसार धनकुटा जिल्लाका ७ पालिका मध्ये चौबिसे गाउँपालिका ४०.१३ प्रतिशत अङ्क प्राप्त गरेर कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ भने पाख्रीवास नगरपालिका सबैभन्दा कम २३.८९ प्रतिशत अङ्क पाएर जिल्लामा अन्तिम स्थानमा रहेको छ ।
मूल्याङ्कनमा ३८.७३ प्रतिशत अङ्क प्राप्त गरेर साँगुरीगढी गाउँपालिका दोस्रो भएको छ । धनकुटा नगरपालिकाले ३५.३० प्रतिशत अङ्क प्राप्त गरेर तेस्रो भएको छ । ३३.६१ अङ्कसहित महालक्ष्मी नगरपालिका चौथो, २८.४९ प्रतिशत अङ्कसहित सहिदभूमि गाउँपालिका पाँचौ र २५.३७ अङ्कसहित छथर जोरपाटी गाउँपालिका छैटौँ भएको छ ।



