झापा र मोरङबाट लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर, फागुन ११ । झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपरान्ह साढे ४ बजे झापाको दमक नगरपालिका- ६ स्थितमा लागुऔषधको बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गौरीगंज- ३ का १९ बर्षीय गगन ऋसिदेवलाई फेला पारी चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १ सय २ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरेसगै बेचबिखनमा संलग्न सोही स्थानका २७ बर्षीय रविन पासवानलाई समेत प्रहरीले पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ५ र ६ का १९ बर्षीय निराज मण्डल र १९ बर्षीय राहुल चौधरीलाई ४ ग्राम ब्राउनसुगर सहित बिर्तामोड- ४ बाट पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर- १७ मटेरुवा स्थित ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिरानगटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री स्थानीय ३५ बर्षीय अनबर अलीलाई ९ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै बिराटनगर- १६ हुलास चौकबाट धरान- १५ का ४२ बर्षीय सारक तामाङलाई प्रतिबन्धित औषधी लुपिजेसीक, डाईजेपम, ऐभिल र फेनारागन गरि जम्मा ४० एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।