मोरङको बुढिगंगामा सवारी दुर्घटना, ३ बालबालिकाको मृत्यु

मोरङ,फागुन ११ । मोरङको बुढिगंगा गाउँपालिका-४ नेमुवामा सवारी दुर्घटना हुँदा ३ बालबालिकाको मृत्यु भएको छ ।

आज बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतिय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडीको डाला अचानक पल्टिई सडक छेउमा रहेको स्थानीय जोती अधिकारीको घरमा क्षति पुर्‍याउदा घर भित्र रहेका स्थानीय ५ बर्षीय निशान अधिकारी, ५ बर्षीया ईसिता अधिकारी, ७ बर्षीया रिया खवास र ५५ बर्षीय जोती अधिकारी घाईते भएका थिए ।

घाईतेहरुको उद्धार गरी ३ जना बालबालिकालाई उपचारको लागी कोशी अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का घाईते अधिकारीको बिराट टिचिङ अस्पतालमा उपचार भईरहेको तथा घटनामा संग्लग्न चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।