धनकुटामा शुरु भयो एक बर्षे सिप हस्तान्तरण कार्यक्रम

धनकुटा ११,फागुन । बिभिन्न जाति तथा समुदायहरुको लोपउन्मूख गरगहना र भेषभूसाहरुको सरक्षण गर्न धनकुटाको हाम्रो बहुमुखी पठशाला संस्थाले नयाँ पुस्तालाई एक बर्षे शिप हस्तान्तरण प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।

 

पाठशालाले  आज तालिमको उत्घाटन कार्यक्रम गरेर प्रत्येक १५ दिनमा एक पटक,फरक जाति तथा समुदायमा आधारित गरगहना र भेषभूसा बनाउने प्रशिक्षण दिईने जानकारी दिएको छ ।

 

तालिमको शुरुवातमा संस्थाले धनकुटा नगरपालिकाका आठ वटा नीजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई स्थानीय आठपहरिया जातिले लगाउने ‘राङ्छी’ भनिने कम्पनी पैसाको हारी माला बनाउने तालिम दिएको छ ।

 

तालिमको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले उत्घाटन गर्नुभएको थियो ।

 

तालिमले स्थानीय आठपहरीया जातिको लोप भएर जानलागेको गरगहनाहरुको जर्गेना गर्न र यसको महत्व प्रति जागरण ल्यान सहयोग पुग्ने संस्थाका अध्यक्ष सरोज भुजेलले जानकारी दिनुभयो ।

 

स्थानीय घरेलू उद्योग मोहन बिष्कुट र श्री दुग्ध उपादक सहकारीको सहयोगमा भएको उक्त एक दिने तालिममा २४ जना बिद्यार्थी सहित अभिभावकहरुको सहभागिता रहेको भुजेलले जानकारी दिनुभयो ।

 

साठी,८० वा एक सय वटा कम्पनी पैसाबाट धागो संग बुनेर बनाईने हारिमाला बनाउने तालिम, प्रशिक्षक चन्द्रकुमारी आठपहरियाले दिनुभएको छ ।

 

बिभिन्न संघ÷संस्थाहरुको सहकार्यमा फरक जात तथा समुदायमा आधारित रहेर बिद्यार्थी र अभिभावकहरुलाइ दिईने यो तालिम एक बर्ष सम्म जारी रहने शिपमूलक तालिम बिभागका सयोजक शोभा श्रेष्ठले जानकारी दिनुभयो ।

 

बि.सं.२०७४ सालमा स्थापित यस संस्थाले गीत,संगित तथा लोपउन्मूख रहेका परम्परागत शिप र कलाहको प्रशिक्षण दिंदै आएको संस्थाका ब्यबस्थापक सोभित श्रेष्ठले जानकारी दिनुभयो ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।