सुनसरीको चतराबाट २७३ किलो गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

सुनसरी । सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए ।

एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ ।

चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो ।

गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए ।

तस्करीमा संलग्न एमबुलेन्स चालक फरार भएको प्रहरीको भनाइ छ ।

तीन महिनामा प्रहरीले वराहक्षेत्र हुँदै तस्करी भइरहेको अवस्थामा झण्डै एक टन गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक राम तिम्सिनाले जानकारी दिए ।-इ-बराह दर्पण

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।