इटहरीमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

सुनसरी, फाल्गुन १३ । सुनसरीको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

सुनसरीको ईटहरी उप-महानगरपलिका-१ स्थित भित्री सडक खण्डमा आज बिहान प्रदेश १-०२-०५० प ०५६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको कल्भटबाट तल झरेर दुर्घटना हुँदा मोटरसाईकल चालक सुनसरीको गढी गाउँपालिका-६ का ४२ बर्षिय चित नारायण माझीको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरी आज दिउँसो सुनसरीकै ईटहरी उप-महानगरपालिका-५ स्थित पुर्व पश्चिम लोक मार्गमा प्रदेश १-०२-०४६ प २८६२ नम्बरको स्कुटर ना. ६ ख ६५७५ नम्बरको ट्रकमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक ईटहरी-५ का रबिन राईको धरान घोपामा उपचारको क्रममा क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका-९ का ठाकुरलाल तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।