झापाबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

झापा, फाल्गुन १४ । झापाको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त्त रुपमा चेकजाँचमा खटिएको प्रहरीको टोलिले हिजो राती पौने ९ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट प्र.१-०२-०४१ प.१०३८ नम्वरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउदै गरेका मोटरसाईकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका-९ का २८ बर्षिय डिक बहादुर कार्की र पछाडी सवार मोरङको मधुमल्ला तोरीवारी कि २२ बर्षिया नाईरा भन्ने कोशिस तामाङको साथबाट लागुऔषध ब्राउनसुगर ११ ग्राम ५०० मिलिग्राम बरामद गरेको थियो ।

यसका साथै प्रहरीको सोही टोलीले उक्त स्थानबाट आईतबार राती ९ बजे भारतबाट नेपालतर्फ पैदल आउदै गरेका झापाको दमक नगरपालिका-२ सुनाखरीका ३३ बर्षिय प्रविन तामाङ र ४५ बर्षीया कलमा तामाङलाई ९ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।