आफ्नो लासघर आफै निर्माण गर्ने अनौठो गाँउ धनकुटाको ‘माङदाङ्वा’ (भिडियो सहित)

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. २ बुढीमोरङ स्थित माङदाङ्वा गाँउकी शुकरानी इवाहाङ ७३ बर्ष पुग्नु भयो । माङदाङ्वा गाँउका बिचमा उहाँको एउटा सामान्य कच्ची घर छ । त्यहि घर भन्दा अलि मुनी अर्कोे ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गर्नु भएको छ । सामान्य कच्ची घरमा उहाँ अहिले बस्दै आउनु भएको छ तर चिटिक्क परेको सानो पक्की घर भने उहाँले आफ्नो मृत्यु पछिको लागि निर्माण गर्नृ भएको हो । जसलाई स्थानियले लास घर अर्थात कपुरथान भन्ने गरेका छन् ।

लिम्बु भाषामा भने यसलाई चेहिम भन्ने गरिन्छ । चे भनेको लास र हिम भनेको घर भन्ने बुझिन्छ । चार छोरी र एक छोरा रहेका इवाहाङ अहिले उहाँ आफ्नो ८२ बर्षिय मनप्रसाद इवाहाङ संग रहदै आउनु भएको छ । उहाँले पाँच बर्ष अघिनै करिब एक लाख रुपैयाँ खर्चेर ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरि कपुरथान पनि एउटै थानमा श्रीमान र श्रीमती दुबै जना अट्ने गरि दुइ कोठा भएको निर्माण गर्नु भएको छ ।

सामान्यतया लिम्बुजातीका मानिसको मृत्युपछि मृतकका आफन्तले लास पुरीएको स्थानमा लासघर अर्थात कपुरथान निर्माण गर्न चलन रहेको छ । तर धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. २ बुढीमोरङमा भने जीउँदो छँदै आफ्ना लागि कपुरथान बनाउने चलन बढ्दै गएको छ । उमेर ढल्दै गएकाहरु अनन्त यात्राको लागि मानसिक रुपमा तयार हुन्छन् अनि मृत्युपछिको आफ्नो बास आफै निर्धारण गर्छन् ।

माङदाङ्वा गाउँका १५ वृद्धवृद्धाले अहिले पनि आफ्नो आफुले रोजेको ठाँउमा आफुले चाहे जस्तै कपुरथान बनाएका छन् । त्यस्तै १५ भन्दा बढि आफैले निर्माण गरेको कपुरथानमा पुरिईसकेका छन् । २०४० साल वाटनै यो परम्पराको सुरुवात भएको हो । पहिलो पटक सुब्वा चन्द्र प्रसाद तुम्पापोले यो कार्यको सुरुवात गर्नु भएको स्थानिय वताउछन् ।

लिम्बू जातिको ग्रन्थ मुन्धुम अनुसार मरेपछि माटोमा गाड्ने चलन छ । जिउँदो छँदै चिहान बनाउनेहरुले चलन र धर्मग्रन्थ अनुसार भन्दा पनि आफ्नै इच्छाले बनाएका हुन् । लिम्बू जातिमा छोरा मानिसको मृत्यु कर्म चार दिन र छोरी मानिसको तीन दिनमा गर्ने गरिएको छ । सोही सयममा सन्तानले चिहानघर समेत छोरा मानिसको चार तले र छोरी मानिसको तिन तले बनाउने गरिएको छ । सन्तान रोजगारीको शिलशिलामा अन्यत्र गएकाहरु मृत्युपछि चिहान नबन्ला कि भनेर जिउँदो छदै आफैले रोजेको स्थानमा आफुले सोचेको जस्तै कपुरथान बनाउने गरेको पाइएको स्थानीय शिवकुमार इङ्नाम बताउनु हुन्छ ।

एकदिन मर्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर मरेपछि पनि सुखैसँग रहन पाए हुन्थ्यो भन्ने लागेका कारण लिम्बू समुदायका उमेर ढल्केका मान्छेले आफ्नो लागि आफैंले सुविधाजनक ढंगको चिहान बनाउने गरेका छन् । कपुरथान निर्माण गर्ने अधिकाशंले आफुले चाहेको स्थानमा आफुलाई मनलागे जस्तै तरीकाले कपुरथान निर्माण गर्ने गरेको बताउछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।