सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै देशको विकास सम्भव ः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सरकार र निजी क्षेत्रबीचको सहकार्य बिना मुलुकको आर्थिक विकास नहुने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको औंल्याउनुभयो । सरकार र निजी क्षेत्रबीचको सहकार्य प्रभावकारी नभएकै कारण सोचेजस्तो देशको विकास हुन नसकेको उहाँको भनाइ थियो । देशको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको उहाँले बताउनुभयो ।

देशको अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान रहँदै आएको बताउँदै मेयर कोइरालाले भन्नुभयो, “कूल ५३ खर्ब ८१ अर्ब बराबरको अर्थतन्त्र रहेको नेपालमा निजी क्षेत्रको योगदान ४३ खर्ब ८८ अर्ब बराबर रहेको छ । यसले पनि देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान निकै महत्वपूर्ण रहेको देखिन्छ । त्यस्तै साढे ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको छ ।” मेयर कोइरालाले भलो चिताउने उद्देश्यले गरेका थुप्रै काममा समेत समर्थन नगरेको भन्दै गुनासो गर्नुभयो ।

उहाँले विराटनगरको पार्किङ व्यवस्थापन गर्दा आलोचना गर्नेहरूले भन्सार जाँचपासमा कडाई गर्न गरिएको समन्वयमा समेत आलोचना नै गरेको बताउनुभयो । कोइरालाले सडकको पार्किङ हटाउँदा व्यापार भएन भनेर भन्नेहरू अहिले पार्किङ सुविधा दिँदा पनि व्यापार भएको कुरा नगर्ने गरेको उल्लेख गर्नुभयो । विराटनगरमा जे गर्दा पनि आलोचना गर्ने मानसिकता हाबी भएको उहाँको भनाइ थियो ।

“कुनै काम गर्न खोज्दा समर्थन हुँदैन भने कसरी सहकार्य हुन्छ” मेयर कोइरालाले भन्नुभयो, “विराटनगरको सबैको हो, मेरो कार्यकाल तीनवर्ष बाँकी छ, त्यसपछि म नागरिककै तहमा आउँछु, त्यसपछि जे निर्णय गरे पनि विरोध मात्रै गर्ने हो भने कसले बनाउँछ विराटनगर ? सहकार्य गर्नका लागि सहअस्तित्व स्वीकार हुनुपर्दछ ।” कोइरालाले निजी क्षेत्र र सरकारबीचको सहकार्यले मात्रै दिगो आर्थिक विकास हुने धारणा राख्नुभयो ।

यसैगरी बूढीगंगा गाउँपालिकाका प्रमुख जीतनारायण थापा मगरले औद्योगिक क्षेत्र समेटिएको पालिकाको विकासमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभयो । उनले निजी क्षेत्रले एउटै राज्यमा तीन स्थानमा कर बुझाउनु परिरहेको बाध्यता कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल आवश्यक रहेको बताउनुभयो । यसैगरी कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले लगानी आकर्षण हुन नसक्दा सरकारले निर्माण गरेको संरचनासमेत प्रयोगविहीन रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष भीम पौडेलले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै देशको आर्थिक विकास हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा महिला उद्यमी सुनिता छाराहाङ, निशा श्रेष्ठ, कृति श्रेष्ठ, साना तथा मझौला व्यवसायी संघका अध्यक्ष गोपालबहादुर पराजुलीलगायतले सहकार्यमा जोड दिनुभएको थियो । उहाँहरुले उद्योग व्यवसाय क्षेत्रमा स्थानीयस्तरमा आइपर्ने समस्या स्थानीय सरकारले नै समाधान गर्नु आवश्यक रहेको औंल्याउनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।