धनकुटामा माझी समुदायले यसरी गरे लदि पुजा(भिडियो सहित)
धनकुटा । धनकुटाको तमोर नदि किनारमा बसोबास गर्ने माझी समुदायले आज लदि पुजा गरेका छन् । भैसेटार, फालामेटार सदामटार, कुशेटारका माझिसमुदाय सदामटारमा भेला भएर संयुक्त, रुपमा पुजा गरेका हुन ।
प्रत्येक बर्षको फागुन महिनाको तेस्रो मंगलवार पहाडी माझि समुदायमा आफ्नो महत्बपुर्ण पर्ब लदि पुजा अर्थात कोशि पुजा गर्ने गरेका छन् । अल्पसंख्यक समुदायअन्तर्गत पर्ने माझी समुदाय लदी पूजा गर्नाले माझी समुदायको मुख्य पेशाको रुपमा परिचित पुख्र्यौली पेशा नदीमा डुंगा ९नाउ० चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास रहेको छ साथै नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत रहेको छ ।
वर्षातको समयमा नदीले वर्षौनी विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपु¥याओस् भनेर नदीको पूजा गरिँदै आएको चौबिसे गाँउपालिका ४ फलामेटारका लालमान माझि बताउनु हुन्छ ।
तर पछिल्लो समय सडक निर्माणसँगै नदिहरुमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेशा डुंगा ९नाउ० मा मानिसहरुलाई नदी तार्ने काम बन्द भएपछि लदि पुजा पनि बन्द भएको थियो । त्यस्तै माछा मार्ने क्रम पनि रोकिए संगै नदिमा लदि पुजा हुन सकेको थिएन । आफ्नो कला संस्कृति लोप हुन लागकोले आफुहरुलेनै जोगाउनु पर्ने भन्दै यो पटक भने स्थानिय युवाहरुले बृद्ध बुवाहरुको सहयोगमा पुजासुरु गरेको स्थानिय युवा राजन माझि बताउनु हुन्छ ।
यो पुजा गर्दा डुंगा, माछामार्ने जाल, फुरुङ्गो पेरुङ्गो र बिभिन्न भगवानको प्रतिकको रुपमा ढुङ्गाको पुजा साथै बासको सेउला, सिमाली आदीको पुजा गर्ने गरिएको छ । त्यस्तै चामलको पिडो वाट निर्माण गरिएको गोलमाडि परिकार निर्माण गरि चढाउने गरिएको छ । धनकुटाका सातै पालिकामा माझि समुदायको बसोबास रहेको छ ।
खास गरि अरुण तमोर किनार सहित बिभिन्न खोला किनारमामा माझि समुदायको बसोबास रहेको छ । जिल्लाका सबै स्थानका माझि समुदायले यो पर्ब पुजा गरि मनाएका छन् ।


