सुनसरीको रामधुनीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु
सुनसरी, फागुन १६ । सुनसरीको रामधुनी नगरपालिका- ४ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
हिजो बेलुका साढे ५ बजे मानपुरबाट मर्चौयातर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा घाईते भएका चालक रामधुनी- ९ का २४ बर्षीय करण चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।


