डिप्रोक्स लघुवित्त वित्तीय संस्था हिले शाखाद्वारा माहुरी पालन तालिम प्रदान

धनकुटा । डिप्रोक्स लघुवित्त वित्तीय संस्था हिले शाखाले आफ्ना सदस्यहरुलाई माहुरी पालन तालिम प्रदान गरेको छ । पाख्रीबास नगरपालिका र धनकुटा नगरपालिकाको विभिन्न केन्द्र समुहका गरि जम्मा ७३ जना सदस्यलाई माहुरी पालन तालिम प्रदान गरेको हो ।

तालिममा सहभागीहरुलाई जिल्ला ज्ञानकेन्द्र धनकुटाका अधिकृत रत्न बहादुर ठाडा मगरले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा अधिकृत मगरले माहुरी पालन सम्बन्धि प्राविधिक कुराहरुको बारेमा जानकारी दिनुका साथै माहुरीको जात, कस्तो हावापानीमा माहुरी पालन व्यवसाय राम्रो हुन्छ ? माहुरीको परम्परागत र आधुनिक घारका विषयमा पनि जानकारी गराउनुभएको थियो ।

माहुरी पालन तालिम डिप्रोक्स लघुवित्त वित्तीय संस्था हिले शाखाका प्रवन्धक सानि सेर्पाको अध्यक्षता तथा पाख्रीबास नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सन्तोष मान्नधरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य वित्तीय संस्थाका कमल खतिवडाले राख्नुभएको थियो । सञ्चालन सिर्जना राईले गर्नु भएको थियो । तालिममा सहभागी टीका गुरुङ र गणेश दाहालले प्रभावकारी मुलुक लागेको बताएका थिए । यस्तै वित्तीय संस्थाको सामाजिक उत्तरदायी कार्यक्रम मार्फत किसानलाई तालिम दिने गरेको प्रदेश प्रमुख अर्जुन पोख्रेलले बताउनुभयो ।

संस्थाले लोन कर्जा मात्र दिने होईन त्यो पैसाबाट कसरी उत्पादन गर्ने र कसरी व्यवसायी बन्ने र पैसा कमाउने माध्यमका विषयमा जानकारी दिने तालिम तथा गोष्टी पनि दिने गरेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।