झापा र मोरङबाट लागुऔषध सहित १० जना पक्राउ

बिराटनगर, फागुन १७ । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार बेलुका साढे ७ बजे झापाको मेचिनगर नगरपालिका- ६ स्थितमा लागुऔषधको बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा- १० घर भई मेचिनगर- ६ डेरा गरी बस्ने २६ बर्षीय प्रकाश पौडेल, अर्जुनधरा- १० का २२ बर्षीय पुजन तामाङ र काठमाण्डौ- १६ का ३० बर्षीय ईश्वर अधिकारीलाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट ४७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्क झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा- ११ का २२ बर्षीय बिनम उराउ र ३० बर्षीय कुमार सुब्बालाई ब्राउनसुगर १ ग्राम ५९० मिलिग्राम सहित पक्राउ गरेको हो ।

त्यसैगरी झापाको बिर्तामोड नगरपालिका- ६ बुट्टाबारी चौकबाट अर्जुनधारा- ११ का २५ बर्षीय सुरज बिश्चकर्मालाई २ ग्राम २५० मिलिग्राम र बिर्तामोड- ५ का १९ बर्षीय जगत दनुवारलाई ८ सय ५० मिलिग्राम ब्राउनसुगर सहित ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज- ५ बाट ४८ बर्षीय सन्तोष दास र ४० बर्षीय बिजय दासलाई Spas ८ ट्याब्लेट सहित पक्राउ गरेको हो भने मोरङको बिराटनगर- १७ स्लामपुर स्थित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ग. ५ प. ३७२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक बिराटनगर- १२ का ४० बर्षीय प्रभात कटुवालको साथबाट २४ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।