धनकुटामा किसानले यसरी गरे चक्का जाम
धनकुटा,१७ फागुन । २०८० साउन महिना बाट कृषकहरुको दुग्ध सस्थान DDC ले दुध को रकम भुक्तानी हालसम्म नगरेको भन्दै धनकुटामा चक्का जाम गरेका छन् ।
आज १०:३० बजेदेखि कोशी लोकमार्ग अन्तर्गत धनकुटा न.पा- १ हिले कुवापानीस्थित निशानदेवि फ्युल सेन्टर हिले नजिकै रकम भुक्तानी गराउन माग गर्दै चक्काजाम सुरु गरेको दुग्ध उत्पादक जिल्ला सहकारी संघ लि.का जिल्ला अध्यक्ष तथा आन्दोलन परिचालन समिति का संयोजक नारद बहादुर कटुवालले बताए ।
चक्का जाममा किसान लगायत सरोकारवालाको सहभागिता रहेको छ ।


