शान्ति प्रक्रियाको विषयमा सहिद प्रतिष्ठान नेपालले अन्तरक्रिया गर्ने

काठमाडौं । लामो समयदेखि जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेहरुको क्षेत्रमा काम गर्दै आएको संस्था शहिद प्रतिष्ठान नेपालले ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ भन्ने शिर्षकमा अन्तरक्रिया गर्ने भएको छ ।

यहीँ फागुन २१ गते दिउँसो ठिक ११ बजे हुने उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहनेछ ।

राष्ट्रिय सभागृहमा हुने उक्त खुल्ला अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एकीकृत समाजबादीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजबादी पार्टीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव एवम् समाजबादी मोर्चाका संयोजक विप्लव सि, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी रहनेछ ।

वि.स. २०६५ मा पोष्ट बहादुर बोगटीको अध्यक्षतामा स्थापित शहिद प्रतिष्ठान नेपालको संरक्षकको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको छ । यस संस्थाले देशभरी ५ स्थानमा शहिद स्मृति आवासीय माध्यमिक विद्यालयहरु संचालन गर्दै आइरहेका छन् । डोटी, दाङ, पोखरा, दोलखा र सुनसरीमा रहेको उक्त विद्यालयहरुमा करिब २५ सय विद्यार्थीहरु अध्ययनरत छन् । यस विद्यालयले शहिद परिवार, बेपत्ता, घाइते, अल्पसंख्यक, दलित, बेसहारा सहित स्थानीय विद्यार्थीहरुलाई समेत निशुल्क शिक्षा दिदै आएको छ ।

पछिल्लो समय उत्पन्न राजनीतिक विवादले शान्ति प्रक्रिया नटुंगिने हो कि भन्ने शंका पैदा भइरहेको बेला शहिद प्रतिष्ठान नेपालले सबै प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूलाई एउटै मंचमा खडा गरेर शान्ति प्रक्रियाको विषयमा बोल्नको लागि अन्तरक्रिया राखेको शहिद प्रतिष्ठान नेपालका महासचिव युवराज चौलागाईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।