धरानमा पहिचानवादीहरूकाे ‘काेशी’ विराेधी प्रदर्शन

विजयपुर। प्रदेश एकलाई ‘काेशी’ नामकरण गरेको वर्ष दिन पुगेको अवसर पारेर पहिचानवादीहरूले धरानमा प्रदर्शन गरेका छन् । प्रदेश एककाे नाम ‘काेशी’ राखेको भन्दै खारेजीको मागसहित विराेध सभा र प्रदर्शन गरेका हुन् ।

फागुन १७ गतेलाई पहिचानवादीहरूले ‘अँध्यारो दिन’ काे संज्ञा दिँदै प्रदेशको १४ जिल्ला र काठमाडौं उपत्यकामा प्रदेश नम्बर एक पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले विराेध सभा र कार्यक्रम आयोजना गरेको थियोे ।

बिहीबारकाे धरानमा भएको प्रदर्शनमा आन्दोलनकारीहरूले कालाे झण्डासहित कालाे पट्टि बाँधेर नाराबाजी गरेका थिए । विराेध र्‍याली छाता चाेकबाट सुरु भएर घण्टाघर छेउमा आएर काेण सभामा परिणत भएको थियोे ।

सभालाई सम्बाेधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले पहिचान स्थापित नभएसम्म आन्दोलन नराेकिने जनाए । उनले ‘काेशी’ प्रदेश एककाे जनता र आन्दोलनको माग नभएको बताए । त्यसैगरी, जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओतीले बेलैमा माग सम्बाेधन नभए प्रदेश अस्थिरतातर्फ जाने चेतावनी दिए ।

अर्का वक्ता सङ्घीय लिम्बुवान मञ्च नेपालका महासचिव भूपेन्द्र सुन्दर लाओतीले पहिचान स्थापना गर्न जस्तोसुकै बलिदान दिन पनि तयार रहेको भन्दै ऐतिहासिक पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने बताए । सभालाई नागरिक उन्मुक्ति पार्टीका नेता अमर इजम, नेपाल आदिवासी जनजाति महासङ्घ धरानका अध्यक्ष सुवासचन्द्र हुक्पा चाेङवाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार चन्द्रमाया मावाे लिम्बु, किरात राई यायाेक्खा सुनसरीका सहसचिव शम्भु राई, पहिचानका लागि युवा सुनसरी संयोजक राजु के राईले सम्बाेधन गरेका थिए । सभालाई शिवाहाङ राईले सञ्चालन गरेका थिए ।

९३ सांसद रहेको प्रदेश एककाे सभाले गत वर्षकाे फागुन १७ गते ८२ जनाकाे बहुमत देखाउँदै ‘काेशी’ नाम पारित गरेको थियोे । त्यसमा, चार सांसदहरू विपक्षमा थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।