कोशीमा एकै दिनमा ४६ जना फरार प्रतिवादी पक्राउ

बिराटनगर, फाल्गुन १८ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चिता तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले झापा, मोरङ र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट एकै दिनमा ४६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

मोरङ जिल्ला अदालतको फैसलाले बिभिन्न मुद्धाका फरार ब्यक्तिहरुको खोजतलासमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको टोलीले मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट एकैदिन बिभिन्न मुद्धाका ४१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै सोहि दिन जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै मुद्धाका ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्धाका फरार १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा उपस्थित गराईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।