भोलिको पाख्रिबास काव्य श्रृंखलामा सुवेदी र दाहाल
धनकुटा । धनकुटाको पाख्रिबासमा पाख्रिबासमा कृयाशिल साहित्यिक संस्था पाख्रिबास कला साहित्य समाजको आयोजनामा भोलि(फागुन १९) मा काव्य श्रृंखलाको आयोजना गरिने भएको छ ।
उक्त कार्यक्रममा कवि अनिल सुवेदी र कवयित्री सुष्मा दाहालद्वयले कविता वाचन गर्नेछन् ।
कार्यक्रम ह्यांग आउट रिसोर्ट,पाख्रिबासमा दिनको ३ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।



