एचआर न्युजका सञ्चालक हिराराज राईको बुबा लडेर गम्भिर घाइते
धनकुटा । एचआर न्युजका सञ्चालक हिराराज राईको बुबा देव बहादुर राई गत फाल्गुन १४ गते दिउँसो करिव ३ बजे तिर बाटो हिँड्ने क्रममा खुट्टा ढुङ्गामा ठोकिन गइ अनियन्त्रित भएर लड्नु भएको छ।
घट्ना साँगुरीगढी-९ धनकुटाको आफ्नै निजी निवासमा नै भएको उनका छोरा हिराराज राईले बताउनु भएको छ। उहाँ करिब १२ बजे तिर घर देखी निस्केर गाउँ तिर डुल्न जानु भएको बिरामीको श्रीमती रामकुमारी राईले बताउनु भयो।
उहाँ लडेर टाउकोमा गहिरो चोट लागेर गम्भिर अवस्थामा छोराले भेटेको थियो। त्यस पश्चात् नजिकको स्वास्थ्य चौकी खुँडीमा स्वास्थ्यकर्मी मुना राईले टाँका लगाउने क्रममा रगत नरोकिए पछि उहाँका छोरा हिराराज राईले तुरून्तै गाडीमा हाली बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा इमेर्जेन्सीमा भर्ना गरेका थिए।
केही दिन उपचार भए पछि उक्त बिरामी डिस्चार्ज भैसकेको र अहिले उहाँको स्वास्थ्यमा अलिक सुधार आउँदै गरेको छोराले बताउनु भयो।


