शालिनको सुसाइड नोट : ‘सरी एभ्रिबडी’

काठमाडौ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी शालिन पोखरेलको घटना अनुसन्धानमा आफन्तले प्रहरीमाथि दबाब बढाइरहेका छन्।

फागुन १२ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल झुण्डिएको अवस्थामा होस्टलमा फेला परेकी थिइन्। सोही दिनबाट प्रहरीले अनुसन्धान गरिरहेको छ। झुण्डिएको अवस्थामा फेला परे पनि उनको हत्या भएको आफन्तको दाबी छ। उनीहरुले हत्याकै आरोपमा जाहेरी पनि दिएका छन्।
उनीहरुको जाहेरीपछि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन्।

उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए ।

तर प्रहरीले घटनास्थलमा त्यसै दिन एउटा सुसाइड नोट फेला पारेको थियो। सुसाइड नोटमा किशोरीले सरी भन्दै उल्लेख गरिएको भेटिएको छ। उनले सरी एभ्रिबडी, सरी ड्याडि ममी भनेकी छन्।

तर त्यो सुसाइड नोट उनको भए नभएको यकीन गर्न फरेन्सिक ल्याबमा पठाइएको छ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको डीएसपी भण्डारीले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।