छात्रछात्राहरुलाई न्यानो कपडा वितरण

नरेन्द्र कश्चित,धनकुटा । प्रदेश आर्थिक मामिला तथा योजना राज्यमन्त्री माननीय इन्दिरा थापाले धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं(६ फलामेटार भेडेटार टोलमा अवस्थित श्री भगवती प्राविका ५५ जना छात्रछात्राहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।

मन्त्र थापाले शिशु कक्षादेखि कक्षा ५ सम्मका छात्रछात्राहरुलाई स्विटर र टोपी बितरण गर्नुभएको हो । बालबालिकाहरु देशका कर्णधार भएकाले आर्थिक अवस्था कमजोरका कारणबाट विद्यालयको पोशाकबाट बन्चित हुन नहुने राज्यमन्त्री थापाले बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले भगवती प्राविलाई नमूना विद्यालयको रुपमा निर्णय गरेर अघि बढेको र विद्यार्थीहरुलाई मध्येनजर गर्दै पालिकाले दिवा खाजामा प्रति विद्यार्थी १० रुपैया थप गरिदिएको र यसले प्रभावकारी रुपमा काम गरेको बताउनु भयो ।

आगामी दिनहरुमा शिक्षा क्षेत्रमा पालिकाले लगानी वृद्धि गर्दै लाने समेत अध्यक्ष राईले बताउनु भयो ।भगवति प्राविमा न्यून आर्थिक अवस्था भएका छात्रछात्राहरु अध्ययन गर्ने गरेको आर्थिक अवस्था राम्रो हुनेको बालबालिका कि त बजारमा कि त प्राइभेट विद्यालयमा भर्ना गर्ने गरेको विद्यालयका प्रअ गोमा लामिछानेले बताउनु भयो ।साथै विद्यालयले धनकुटाबाट आर्थिक तथा योजना राज्यमन्त्री भएको भन्दै बधाई तथा कार्यकाल सफलताको कामना समेत प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साँगुरीगढी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष यमप्रकाश राई,नेपाली कांग्रेस साँगुरीगढी(६ का वडा सभापति सन्तोष राई,प्रदेश पर्यटन समितिका सभापति भबीस कुमार श्रेष्ठ,सुरज श्रेष्ठ,नेपाली कांग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाका दिलिप पोख्रेल,नेपाल प्रेस युनियन कोशी प्रदेशका सदस्य नरेन्द्र राई शिक्षक अभिभावक संघ अध्यक्ष चन्द्र कुमार लिम्बू लगायतकाको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन भगवति प्राविका शिक्षक हिमाल दाहालले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।