झापा र मोरङबाट लागुऔषध सहित २ जना पक्राउ
बिराटनगर, फागुन १९ । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो १२ बजे झापाको बिर्तामोड नगरपालिका- २ स्थित प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय अनिल लुईटेललाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यस्तै मोरङको बुढिगंगा गाउँपालिका- २ स्थितका ३५ बर्षीया रिना देवी सिहंले गाँजा घरमा लुकाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ५ के.जी. गाँजा फेला पारी बरामद गरेसगै सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


