प्रतिश जिसी भन्छन् : खराब प्रदर्शनमा पनि प्रशिक्षक मोन्टीबाट साथ मिल्यो

काठमाडौँ । नेदरल्याण्ड्ससँगको जितपछि नेपालका प्रतिश जिसीले आफ्नो खराब प्रदर्शनको अवस्थामा पनि प्रशिक्षक मोन्टी देसाई र टिमले आफूलाई विश्वास गरेको प्रतिक्रिया दिएका छन् ।

शनिबार प्रतिशले नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १३ रन मात्र खर्चिए । उनको यो प्रदर्शन म्यान अफ दी म्याचका लागि योग्य बन्यो ।

खेलपछिको पत्रकार सम्मेलनमा प्रतिशले गत बुधबार नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित हुँदाको क्षण स्मरण गरे । अन्तिम दुई बलमा तीन रन आवश्यक हुँदा प्रतिशले एक रन मात्र बनाउन सकेपछि नेपालले साँघुरो हार सामना गर्नुपरेको थियो । आफूमा ब्याटिङ गर्ने क्षमता हुँदा पनि असफल भएको उल्लेख गर्दै प्रतिशले त्यस्तो अवस्थामा प्रशिक्षक मोन्टीबाट साथ मिलेको बताए।

खराब प्रदर्शनको अवस्थामा टिमले आफूलाई बेन्चमा नै सीमित गरेको भए आफ्नो मनोबल पनि खस्कँदै जाने अवस्था हुने उनको भनाइ छ । आज आफ्नो योजनाअनुरूप बलिङ गर्नसक्दा सफलता मिलेको प्रतिशको धारणा छ । उनीसँगै नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा घरेलु टोलीले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो ।

नेपालका अलराउण्डर गुल्सन झाले खेलाडीको करियरमा कहिले काहीँ प्रदर्शन तलमाथि हुने उल्लेख गर्दै त्यस्तो अवस्थामा आफ्ना सिनियरबाट हौसला मिल्ने गरेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖