धनकुटामा पिकअप दुर्घटना
धनकुटा । धनकुटामा पिकअप दुर्घटना भएको छ ।
धनकुटाको हिले देखि पाख्रिवास नगरपालिका वडा नं १० चुङमाङ जाँदै गरेको पिकअप श्री भारती मावि छेउमा सडकदेखि लगभग ८० मिटर तल खस्दा पिकअपमा सवार यात्रुहरु घाइते भएका छन् ।
घटनास्थलमा प्रहरी पुगिसकेको र घाईतेहरुलाई उपचारका लागि लानलाई तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
विस्तृत विवरण आइसकेको छैन ।


