अपडेट : धनकुटामा पिकअप दुर्घटना हुंदा १५ जना घाइते,२ को अवस्था गम्भिर
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं १० चुङमाङमा आज दिउँसो पिकप दूर्घटना हुँदा १५ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनका अनुसार को २ च १६१९ नं को पिकअप दूर्घटना हुँदा उनिहरु घाइते भएका हुन् । घाईते मध्ये ७ जनालाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुर्याईएको डिएसपी महर्जनले बताउनु भयो ।
घाइते ७ जना मध्ये पनि २ जनाको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको उहाँक भनाई छ । अन्य सामान्य घाईते भएकाहरुलाई पनि उपचारका लागि हस्पिटल लगिदै गरिएको प्रहरीले जनाएकाे छ ।
घाईतेहरुको नाम, ठेगाना खुल्न बाँकी नै छ । दूर्घटनाको कारण पनि अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।


