दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुललाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उप विजेता सरस्वती स्कुलले जितेको छ ।

विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्दश वालिका स्कुललाई ७२ रनको फराकिलो अनतरले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १ सय ४३ रनको विहाल योगफल बनाएको छ । सरस्वतीकी प्लेयर अफ द फाइनल प्रेरणा पासवानले ७२ रनको योगदान दिँदा कृतिसा धामीले १७ रनको योगदान दिइन् । आर्दश वालिकाकी कञ्चन राय, सिमा राय र सिम्रिका राजवंशीले समान १–१ विकेट लिइन् ।

१ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको आर्दश वालिकाले १५ दशमलव २ बलमा सवै विकेट गुमाई ६९ रनमा सिमित भयो । वालिकाका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । सरस्वतीकी कृतिसा धामीले ४ विकेट लिँदा पूर्णीमा राजवंशी र अञ्जली मण्डलले १–१ विकेट लिइन् ।

प्रतियोगितामा प्लेयर अफ द सिरिज सरस्वतीकी कृतिसा धामी घोषित हुँदा उत्कृष्ट ब्याटर आर्दश वालिकाकी सकुन्तला सहनी र उत्कृष्ट बलरमा सरस्वतीकी चाँदनी यादव घोषित भइन् ।

विजयी तथा अन्य देलाडीलाई प्रमुख अतिथि विराटनगर महानगर पालिकाकी उप–मेयर शिल्पा निरला कार्की, नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठ, क्रिकेट विथआउट वाउण्ड्रीका सार वेग, एड ल्याम्प। टिम निकल्स, सन विलियम्स र रचना राम चन्दले पुरस्कार तथा ट्रफि वितरण गरे ।

प्रतियोगितामा विराटनगरका सामुदायिक स्कुल आर्दश, आर्दश वालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।