भारत–पाकिस्तान खेलको टिकटको मूल्य २ करोड रुपैयाँभन्दा बढी !

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । उक्त विश्वकपमा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका समूह ‘ए’ मा परेका छन् ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेल सधैं चर्चाको विषय बन्ने गरेको छ । यसपटक पनि विश्वकप सुरु हुनुभन्दा निकै अघिदेखि नै भारत र पाकिस्तानबिचको खेलले निकै चर्चा बटुलिरहेको छ । रंगशालामा उपस्थित भएर आगामी विश्वकपको खेल हेर्न टिकटको सबैभन्दा कम मूल्य ६ डलर (करिब आठ सय नेपाली रुपैयाँ) रहेको छ । जबकी विश्वकपमा भारत र पाकिस्तानबिच हुने खेलको टिकटको मूल्य ट्याक्सका अतिरिक्त चारसय अमेरिकी डलर (करिब ५३ हजार नेपाली रुपैयाँ) राखिएको छ ।

भारत र पाकिस्तानबिचको टिकटको मूल्य बढी हुनुको प्रमुख कारण यी दुई राष्ट्रबिच द्विपक्षीय शृंखला नहुनु पनि हो । समर्थकहरुले आईसीसी र एसीसीले आयोजना गर्ने प्रतियोगिताहरुमा मात्र यी दुई टोलीबिचको भिडन्तको आनन्द उठाउन पाउँछन् । आगामी विश्वकपमा भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा न्यु योर्कमा खेलिँदैछ । उक्त खेल हेर्न दुबै देशका समर्थक ठूलो धन राशी खर्च गरेर अमेरिका पुग्न चाहन्छन् । सोही कारणले उक्त खेलमा टिकट अवैध रुपमा पनि किनबेच हुन थालेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, स्टबहब, सीटगीकजस्ता साइटमा भारत र पाकिस्तानबिचको खेलको टिकटको मूल्य निकै उच्च राखिएको छ । यस्ता साइटहरुमा भारत र पाकिस्तानबिचको खेलेको टिकटको मूल्य ४० हजार अमेरिकी डलरसम्म (करिब ५३ लाख नेपाली रुपैयाँसम्म) राखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, सीटगीक प्लेटफर्ममा त भारत र पाकिस्तानबिचको खेलको टिकटको मूल्य एक लाख ७५ हजार अमेरिकी डलरसम्म (करिब दुई करोड ३१ लाख नेपाली रुपैयाँ) राखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖