यसरी गरियो मिडफिल्डर प्रिति राईको घुँडाको शल्यक्रिया, तीन महिना मैदान बाहिर

काठमाडौ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर प्रिति राईको घुँडाको शल्यक्रिया गरिएको छ। उनको बी एन्ड बी अस्पतालमा सोमबार शल्यक्रिया गरिएको हो।

नेपाली टिमका अनुसार उनको मेनिस्कस टियर भएको हो। यो शल्यक्रिया गरेर फिजियो र रिह्याव गरेपछि तीन महिनापछि मैदान फर्कन सकिन्छ।

१९ वर्षीय प्रिति गत बिहीबार वाफ वुमन्स च्याम्पियनसिपअन्तर्गत जोर्डनविरूद्धको फाइनलमा घाइते भएकी थिइन्। दोस्रो हाफमा घाइते भएकी उनले पूरा खेल खेल्न सकेकी थिइनन्। फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा पराजित हुँदा उपाधि जित्न भने असफल भएको थियो।
त्यसअघि उनले सेमिफाइनलमा लेवनानविरुद्ध निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याएकी थिइन्।

भारतको महिला लिग टिम किकस्टार्टमा आबद्ध प्रिति घाइते भएपछि भारत नगइ नेपाल आएकी थिइन्। ह्विलचियरमा नेपाल फर्किएकी प्रिति त्रिभुवन विमानस्थलमा भावुक बनेकी थिइन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।