पाख्रीवास ८ का ८० घरधुरी किसानलाई लक्षित गरि कुलो निर्माण हुँदै

धनकुटा । साना सिंचाई कार्यक्रम अन्र्तगत धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ का ८० घरधुरी स्थानिय किसानलाई लक्षित गरि कुलो निर्माण गरिने भएको छ । सो वडाको बैकुण्ठे र काबरे क्षेत्रका ८० घरधुरी स्थानिय किसानको ९ सय ६० रोपनी जग्गा क्षेत्रफलमा सिंचाई पुर्याउने लक्षका साथ कुलो निर्माण भईरहेको हो ।

स्वीस सरकार विकास सहयोग ३० प्रतिशत, संघिय, प्रदेश, स्थानिय सरकारको २०–२० प्रतिशत र स्थानिय जनसहभागिता १० प्रतिशत रहने गरि ७९ लाख बढी लागतमा कुलो निर्माण भईरहेको पाख्रीवास नगर प्रमुख ज्ञानबहादुर गुरुङको सचिवालयले जनाएको छ । कुलो निर्माणको काम एक महिना अघिदेखी थालिएको हो । अहिले कुलो निर्माण कार्य तिब्र गतिमा भईरहेको ८ नं वडाध्यक्ष गजेन्द्र राईले बताउनु भएको छ ।

वडाध्यक्ष राईका अनुसार छेङगुवा खोलाको मुहानदेखी पानी ल्याउने गरि १ हजार ८ सय ६४ मिटर लामो कुलो निर्माण भईहेको हो । हाल कुलो निर्माणको काम करिब ४० प्रतिशत बढी भएको उपभोक्ता समितीका अध्यक्ष कपिलमणी सुवेदीले जानकारी दिनुभयो । २०८१ असार २० सम्म निर्माण कार्य पूरा गर्ने सम्झौता भएपनि छिट्टै काम सक्ने सुवेदीले बताउनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।