पाख्रिबासमा पालिका स्तरीय पुरुष शिक्षक भलिबल प्रतियोगिता हुने
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा पालिका स्तरीय पुरुष शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ ।
पाख्रिबास नगरपालिकाको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता ३ दिन सम्म यहीं फागुन २६ देखि २८ गते सम्म संचालन हुनेछ ।
खेल पाख्रिबास ४ स्थित जालपादेवी माध्यमिक बिद्यालयको खेल मैदानमा हुनेछ ।
प्रतियेगितामा प्रथम र दोस्रो हुनेलाई क्रमश: नगद रु. ४०,०००/-, ट्रफी, मेडल,प्रमाण-पत्र र नगद रु. २०,०००/-, ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ ।



