दर्जनौं पदक जितेर अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढाउँदै विनय

अष्ट्रिया । अष्ट्रियामा बसोबास गर्दै आएका नेपाली युवा खेलाडी विनय कार्कीले अन्तर्राष्ट्रियस्तरका विभिन्न पदक जितेर नेपालको शान उच्च बनाएका छन् ।

विदेशमा बसेर पनि मातृभूमि नेपालको प्रतिष्ठा उच्च बनाउन सकिन्छ भन्ने उदाहरण कार्कीले प्रस्तुत गरेका छन् । उनले मार्सल आर्टस अन्तर्गत तेक्वान्दो खेलमार्फत दर्जनौं अन्तर्राष्ट्रिय पदक प्राप्त गरिसकेका छन् ।

चार महादेशको ३४ देशमा अष्ट्रियाका तर्फबाट सहभागिता जनाएर पदकसमेत प्राप्त गरेका छन् । उनी वल्र्ड च्याम्पियन सिप, युरोपियन च्याम्पियनसिप, नेशनल च्याम्पियनसिप जी–वान र टु इन्टरनेशनल गरी १२९ वटा विश्वका विभिन्न ठूला सहरमा प्रतिस्पर्धा गरी ७४ वटा स्वर्ण, २५ वटा कास्य, १५ वटा रजत पदक प्राप्त गरिसकेका छन् । त्यस्तै उत्कृष्ट फाइटरको ट्रफी हात पार्न सफल कार्की एनआरएनएको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा पुगेर स्वर्णसहित विभिन्न पदक जित्न सफल भएका छन् ।

नेपाली युरोपियन खेलकुद संघका सल्लाहकारसमेत रहेका बुवा विकास कार्कीको प्रेरणाले खेल क्षेत्रमा लागेको बताउने विनय सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनी नेपाल आउँदा गरिब तथा असहायलाई सहयोगसमेत गर्ने गरेका छन् । नेपाली समाज अष्ट्रियालाई विश्वभर चिनाउन सफल विनय आफ्नो सफलतामा बुवा र परिवारको हात रहेको बताउँछन् ।

विदेशमा बसोबास गर्ने नेपालीहरुका लागि विनय गौरव भएको अष्ट्रियामा विगत साढे दुई दशकदेखि पर्यटन व्यवसाय गर्दै आएका नेपाली युरोपियन खेलकुद संघका अध्यक्ष दिलकुमार घमालको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।