उपाधिका लागि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
काठमाडौं । काठमाडौंमा जारी त्रिकाेणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचकाे फाइनल खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुररु हुनेछ । पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र चाैथाे खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराएकाे थियाे ।
नेपाल ४ खेलमा ४ अंसहित दोस्रो स्थानमा रहेर फाइनल पुगेकाे हाे भने नेदरल्याण्ड्स समान ४ खेलमा ५ अंकसहित फाइनलमा फुगेकाे हाे ।
समूह चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेदरल्याण्ड्सले नामिबियासँग १-१ अंक बाँडेकाे थियाे ।


