कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता विराटनगरमा शुरु

विराटनगर । कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि शुरु भएको छ ।

मंगलबार भएको उद्घाटन खेलमा कोशी प्रदेश र सुदुर पह्चिम प्रदैशले विजयी सुरुवात गरेको छ ।

पहिलो कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४० रनको योगफल बनाएको थियो । कोशीका लागि कप्तान अंकित सुवेदीले ३६ बलमा १ छक्का र ६ चौका प्रहार गरि ४६ रनको योगदान दिँदा सुजन थपलियाले ३८ रन , समिर कार्कीले २० रन , दिपेश कंडेलले १४ रन जोडे ।

कर्णालीका अनुज चनाराले २ विकेट लिँदा प्रकाश जोशी, युनिस ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान १–१ विकेट लिएका थिए ।

जवाफमा १ सय ४१ रनको लक्ष्य पाएको कर्णाली १८ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय २ रन बनाएको थियोे । कर्णालीका हिमान्सु सुवेदीले सर्वाधिक ३४ रन जोड्दा दिनेश अधिकारीले ११ रन र दिवान पुनले १० रन जोडे । कोशीका म्यान अफ द म्याच दिपेश कंडेलले ३ विकेट लिँदा श्रवण यादवले पनि ३ विकेट लिए । त्यस्तै फिर्दोस अन्सारीले २ विकेट लिए ।

दोस्रो खेलमा सुदुर पश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सुदुर पश्चिम प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ७२ रनको विशाल स्कोर खडा गरेको थियो । सुदुर पश्चिमका लागि म्यान अफ द म्याच नरेश भट्रले ४६ बलमा १ छक्का र ७ चौका प्रहार गरि ६२ रनमा अविजित हुँदा किरण ठगुनाले २० बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५३ रन र खडक बोहोराले ४१ रन बनाए । गण्डकीका अमित गुरुङ र सन्दिप क्षेत्रीले १–१ विकेट लिए ।

जवाफमा १ सय ७३ को विजयी लक्ष्य पछ्याएको गण्डकीलाई ४० रनले पराजित गरेको छ । गण्डकीकालागि दिपक डम्रेले ३० बलमा १ छक्का र ६ चौका प्रहार गरि ४० रन बनाउँदा क्ष्श्वर क्षेत्रीले १८ रन, समिर कंडेलले १४ रन, सन्दीप क्षेत्रीले १२ रन र गोविन्द विकले ११ रनको योगदान दिए । सुदुर पश्चिमका हेमन्त धामीले ३ विकेट लिँदा नारायण जोशी, शेर मल्ल र नरेन साउदले समान २–२ विकेट लिए ।

चैत्र ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागिय टोली गरि १० टिम सहभागि हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरेसीले बताए । प्रतियोगिताका विजेताले ५ लाख रुपैया र उपविजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताका लागि करिब ७५ लाख रुपैया खर्च हुने उनको भनाई छ । लिग कम नकआउटको आधारमा खेल हुने आयोजकले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।