कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली विजयी

विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रनको योगफल बनाएको थियो । लुम्बिनीका लागि विशाल विक्रम केसीले ३१ बलमा ४ छक्का र १ चौका प्रहार गरि ४८ रन बनाउँदा कप्तान देव खनालले २३ बलमा २ छक्का र ६ चौका प्रहार गरि ४५ रन र दिलसाद अलीले ३१ रनको योगदान दिए ।

सुदुरपश्चिमका नरेन साउदले २ विकेट लिँदा हेमन्त धामी, दिपक बोहोरा र शेर मल्लले समान १–१ विकेट लिएका थिए ।

जवाफमा १ सय ६९ रनको लक्ष्य पाएको सुदुरपश्चिमले १७ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय ११ रनमा सिमित भयो । सुदुरपश्चिमका नरेन भट्टले सर्वाधिक १९ रन जोड्दा अविशेक पलले १८ रनको योगदान दिए । लुम्बिनीका म्यान अफ द म्याच निर्मल गुरुङले ३ विकेट लिँदा विर मगर र राहुल चौहानले २–२ विकेट लिए ।

दोस्रो खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ३ विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ९० रनमा खुम्चियो । मधेशका प्रदिप पासवानले सर्वाधिक १८ रन बनाउँदा अविशेक तिवारीले १२ रन,अरनिको यादवले ११ रन र राजेश यादवले नटआउट ११ रनको योगदान दिए । कर्णलीका म्यान अफ द म्याच दिवान पुनले ३ विकेट लिँदा दिनेश अधिकारी र अनुज चहरा २–२ विकेट लिए ।

जवाफमा ९१ को सामान्य लक्ष्य पछ्याएको कर्णालीले १५ दशमलव ४ बलमा ७ विकेट गुमाई लक्ष्य पार गरेको छ । कर्णालीकालागि हिमान्सु शाहीले २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरि ३४ रन बनाउँदा अर्जुन घर्तीले १४ रन र रविद्यन्र शाहीले १२ रनको योगदान दिए । मधेशका रन्जित कुमारले ३ विकेट लिँदा हरिशैकर साहले २ विकेट लिए ।

विहिबारको पहिलो खेल लुम्बिनी र गण्डकी तथा दोस्रो खेल काशी र मधेश प्रदेशविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साख बाबु कुरैसीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।