कक्षा ५ र ८ को पाख्रिबास नगरपालिका आधारभूत तहको परीक्षा तालिका सार्वजनिक
पाख्रीबास,धनकुटा । धनकुटाको जिल्लाको पाख्रिबास नगरपालिकाको शैक्षिक सत्र २०८० को आधारभूत तह कक्षा ५ र ८ को परीक्षा समय तालिका सार्वजनिक भएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो ।
सो तालिका अनुसार कक्षा ५ र ८ को बार्षिक परिक्षा फागुन १३ २ गते २० गतेसम्म सञ्चालन हुने शिक्षा शाखा प्रमुख गुणराज ढकाल हस्ताक्षरित सुचनामा भनिएको छ । परीक्षा दिउंसो १ बजेबाट सुरु हुने सुचनामा छ ।



