धनकुटाको हिलेमा स्वावलम्बनको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न
धनकुटा । स्वावलम्बन लघुबित्त बित्तिय संस्थाले धनकुटाको हिलेमा दुईदिने बित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
स्वावलम्बन लघुबित्त बित्तिय संस्था हिले शाखाको आयोजनामा भएको कार्यक्रमा सस्थाका ९० बढि सदश्यको सहभागीता रहेको थियो । कार्यक्रममा लघुबित्त क्षेत्रमा देखा परेका समस्याको बारेमा छलफल भएको हिले शाखाका शाखा प्रमुख पुर्ण बहादुर खड्काले जानकारी दिनुभयो । कार्यक्रममा सहजिकरण इलाका कार्यलय इटहरीका क्लाष्टर प्रमुख जयप्रकास निरौलाले गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा आफ्ना सदश्यका परिवार मध्येवाट एसईईमा सर्बोकृष्ट अकंल्याउने सबिना सुब्वालाई दश हजार रुपैया वराबरको छात्रावृत्री बितरण समेत गरिएको खड्काले जानकारी दिनुभयो । यो बर्ष शाखाले आफनो सामाजिक उत्तरदायीत्व अन्तरगत पाख्रिवास नगरपालिका १० स्थीत भारति माध्यमिक बिद्यालयलाई ४० थान कुर्सि प्रदान गरेको छ ।


