धनकुटा नगरपालिकाद्वारा छ महिलालाई सम्मान

धनकुटा । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शुक्रबार धनकुटा नगर क्षेत्रका छ जना महिलालाई सम्मान गरिएको छ । धनकुटा नगरपालिकाले सामुदायिक भवनमा कार्यक्रम आयोजना गरेर महिलाहरूलाई सम्मान गरेको हो ।

शहीद भीमनारायण श्रेष्ठकी पत्नी लक्ष्मीदेवी, पहिलो निर्माण व्यवसायी महिला फुलमाया वि.क., चेम्पो चालक तृष्णा राई र नाङ्लो बनाउने काम गर्दै आएकी उद्यमी स्मृति राईलाई सम्मान गरिएको छ । डकर्मी काम गर्दै आएकी महिला श्रमिक डम्बरकुमारी खड्का, वृद्ध सासूआमालाई राम्रोसँग पालनपोषण गर्दै आएकी जसकुमारी राई र श्रमिक महिला चन्द्र मादेनलाई पनि सम्मान गरिएको छ ।

खानेपानी मन्त्री राजेन्द्र राई, प्रदेश सभा सदस्य द्वय इन्द्रमणि पराजुली र निरन राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भिमादेवी खनाल, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मानित गरेका छन् ।

महिला दिवसमा प्रभातफेरी

११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शुक्रबार धनकुटा बजारमा प्रभातफेरी गरिएको छ । धनकुटा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संघसस्थाहरुको सहभागितामा धनकुटा नगरपालिकाले प्रभातफेरी आयोजना गरेको हो ।

मदनचोकबाट सुरु भएको र्याली हुलाकटोल, बिचबजार, भीमनारायण चोक लगायत क्षेत्र हुँदै सामुदायिक भवनमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । ब्यानर र प्लेकार्डसहित नारा लगाउँदै सयौँ महिला प्रभातफेरिमा सहभागि भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।