गीता ढुंगानाको प्रेममा डुबेका मानस राज

काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानस राज बोहराको नयाँ गीत माया माया होको भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानस राजकै रहेको छ । सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ नरेन्द वियोगीले गरेका हुन्। गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी मोडल गीता ढुंगानासँग गायक स्वयमले रोमान्स गरेका छन् ।

आफुले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक विष्टले कलात्क शैलीमा भिडियोमा वर्णन गरेका छन् । आफ्नी मायालुलाई प्रेम गर्नका लागि आफ्नो रुप समेत परिवर्तन गरेर प्रेमीका सामु जाने युवकको रोमाञ्चक प्रेम कथामा मोडलद्धय गीता र मानस राज गज्जबसँग खुलेका छन् । गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आइरको बताउँदै गायक मानसराजले भने माया माया होमा मैले निकै मेहेनत गरेको छु ।

गीतबाट निकै आशावादी छु । माया माया होको छायांकन पवन शिस्लुङ ले गरेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका हुन् । सुरेन्द्र बसेलको सह निर्देशन रहेको भिडियोको गायक स्वयमकै अफिसियल च्यानल मानस राज अफिसियलबाट बजारमा आएको हो । मानस राज गायनका अलावा थिएटर अभिनयमा पनि देखिदै आएका छन् । फिल्म ‘रेशम फिलिलि’को पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो, ‘डायरी’को माया मायामा, भाईरल भैदियो, हिरो , लैलै राजकुमारी लगायतका मानसराजका गीत चर्चामा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖