संगीत साधनामा सक्रिय गायिका मेनुका राई

काठमाडौ । मेनुका राईलाई आफ्नै तरीकाले पनि हेर्न सकिन्छ । उनी निरन्तर मौलिक पुर्वेली लोक संगीतको अलवा आधुनिक गायन विधामा आफुलाई उतिकै पोक्त्त सावित गर्दै गायन यात्रामा सक्रिय रुपमा लागि परेकी छिन् ।

नेपाली संगीत गायनमा विगत ढेड दशक बढी समयदेखी रमाउँदै आएकी प्रतिभाको रुपमा गायिका मेनुका राईलाई चिन्न सकिन्छ । आकर्षक व्याक्तित्व र सरल स्वभाव सफा मन सुन्दर तन उनको परिचयात्मक पाटो हो भने गायन उनको रुचिको बिषय ।शाक्रिय संगीतमा गहिरो अनुभव बटुलेकी राई कलेजमा एच्छिक विषय संगितमा डोरेमी संगीत पाठशालामा गुरुदेव कामत , दिपक हामजाम , प्रकाश गुरुङ्ग, कैलाश राई लगायत नेपाली संगीतका अग्रज गूरुहरुबाट शास्त्रिय र आधुनिक संगीतको ज्ञान बटुलेकी छन ।

आफुलाई संगीतको विधामा रुचाउने मेनुका बाल्यकालमा आमाको स्नेहबाट गीत संगीतमा होमिएको उनी बताउछिन । सक्रिय रहन यस बारे बुझ्न जरुरी ठानेर यसकै अध्ययन पनि गरिन् ।उनको आमा भैशोभा राई को रहर पनि कलाकारिताबाटै छोरीले नाम कमाए हुन्थ्यो भन्ने थियो ।बुवा रुद्र राई पनि छोरीले केही न केही गरेर नाम कमाओस् भन्ने नै थियो । मेनुका घरको जेठी छोरी भएकाले पनी घरको जिम्मेबारी पनी थियो । आमाबाबुको मीठो लाडप्यारमा हुर्किएकी मेनुकामा पनि समयक्रमले संगीतको रहर जगाउँदै लाग्यो । यसैले पनि उनी संगीतमै रमाएकी छिन् पनि ।

बालापनमै संगीत छिरेको थियो उनीमा । स्कुल पढ्दै गायनमा रहर जागेको थियो मेनुकालाई । खोटाङ्ग जिल्ला बुइपा को ग्रामिण भेकमा जन्मिएर पनी ग्रामिण परिवेशमा उकाली ओराली गर्दै गर्दा रेडियोमा गीत सुन्दा टेलिभिजनमा गीत हेर्दा , आफनो आवाज नी त्यसै गरि प्रशारण गर्न पाए हुन्थ्यो भन्ने सोच मनमा आइरहन्थ्यो । अझ बुबाले पनि बेलाबेलामा छोरी टिभीमा पनी यसरी नै गीत गाईरहेको हेर्न पाए हुन्थ्यो भन्ने बोलीले उनमा उर्जा थपिन्थ्यो – सोच्थिन् कुनै दिन बुबाको इच्छा पनि १

पढ्दै कमाउन पर्ने अवस्था आयो । तैपनि उनी निराश भने भइनन् । किनभने उनमा संगीतको भूत सवार भैसकेको थियो ।

ग्रामिण परिवेशमा सामान्य परिवारमा जन्मिएर पनी संगीत प्रतिको मोह र गायनको बारेमा मोह बढ्दै गयो । आफनो उच्च शिक्षा पुरा गर्ने चाहनाका साथ एस एल सी पछी आफ्नो पढाइलाई अगाडि बढाउनको लागी काठमान्डौंको यात्रा तय गरिन । काठमाण्डौं आएर पनी उनले आफनो कान्छो काका उनको शैक्षिक तथा सांगितिक अध्ययन र काठमाण्डौं बसाईमा सदैव साथ र सहयोग पुयाए ।आमाको रहर पुरा गराउन लागी नै किन नहोस् आफ्नो रहर मेटाउन पनि संगीत सिक्न थालिन् उनले । कलानिधि संगीत विद्यालयबाट संगीतको अध्यनन् पुरा गरिन् मेनुकाले ।

काठमाण्डौंमा आफनो काकाले दिएको साथ र सहयोगले उनलाई संगीत कर्ममा उर्जा थपीयो । रेकर्डिङमा पनि उनी अग्रसर हुन थालिन् रहरै रहरमा उनले पहिलो गीत रेकडिङ्ग २०६४ सालमा गरिन । आफनो इच्छा पुरा गराउन उनि गायनमा आइन् । टि।भीदेखी रेडियो सबैतिर उनका गीत बज्न थाले । यसरी गायनमा सक्रिय भएर मुल कर्म संगीतको गायनलाई १ नेपालमा संगितले मात्र पाल्न सक्ने अवस्था नरहेको भएपनी विगत लामो समय देखी उनी संक्रिय रुपमा लागि परेकीछन । माया आरिसे , १२३ , लाइफ लगायतका एल्वममा उनको स्वर रहेको छ ।

भुटेको मकै , जुनी जुनी सम्म , इसाराले , यो छोरीलाई , नौ डाडाँ पारि , पानी है मिठो यारी खोलाको , सुन माया सुन , ढल्कियो जोवन, सोलु सल्लेरी लगायत करिव ४ दर्जन गीतमा उनको आवाज सुन्न सकिन्छ । संगीतको शोख रहेर आफनो बाचामा तलिन बनेकी मेनुकाका सिर्जनामा सस्कार सस्कृति र मौलिक पनको आभास पाइन्छ ।

गायन उनको शौखको पाटो हो । आफ्नै लगानीमा हरेक साल मौलिक तथा आधुनिक गीत विभिन्न अवसरमा गीत रेकर्ड गराएर श्रोता माझ ल्याउँछिन् । हरेक साल एउटा न एउटा गीत निकाल्दै आएकी छिन् । यो क्रम टुटेको छैन । पुर्वेली गीत रोजाई त हो तर उनको सांगीतीक यात्रा भने जारी छ । यस बर्ष पनि उनका केही गीत रेकर्ड भैसकेको छ भने केही गीतहरु केही दीनमै रिलीज हुने तरखरमा छन ।

३ वटा बनाईसकेकी छिन् भने अरु ४ दर्जन गीत पनि यिनका छन् । आधुनिक र पुवेली भाका बाट इमेज अवार्ड , विध्यावासिनी म्यूजिक अवार्ड , नेशनल आर्ट एण्ड कल्चर म्युजक अवार्ड मा उनले अवार्ड समेत हात पारीन् । जसका कारण उनको उत्साह झन् थपिएको छ । उनका सबै गीत युट्युबमा पाईन्छन् ।मेनुका राईको व्यक्तित्व निख्खर र मिजासिलो छ । स्वर अनुसारको गीत यिनले पाउने हो भने एकदम चर्चाको शिखर पुग्ने कुराको कुनै शंका छैन । संगीतमा लामो समय देखी सक्रिय मेनुका राईका आकर्षक सिर्जनाले नेपाली गीत संगीतमा फराकिलो क्षेत्र ओगटेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।