फिल्म ‘सुगुप’को इटहरीमा ‘विशेष शो’ सम्पन्न

इटहरी / चलचित्र ‘सुगुप’को फागुन २८ गते सोमबार इटहरीमा बिशेष सो प्रदर्शन सम्पन्न भएको छ । इटहरीको ईलाईट सिनेमा हलमा दिनको १२ वजेबाट सो सुरु भएको थियो । फिल्मको विशेष सोमा पुर्व भुमीसुधार मन्त्री राम कुमार सुब्बा, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, हालका कोशी प्रदेश सांसद सर्वध्वज साँवाको समेत बिशेष उपस्थिति रहेको थियो । धरान, ताप्लेजुङ, झापा, इटहरी लगायतका विभिन्न ठाउँबाट इटहरीको विशेष शोमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र‘सुगुप’को लण्डन, काठमाडौको बिग मुभिज तथा नेपालीको विभिन्न ठाउँहरुमा सफल प्रदर्शन भईसकेको छ भने अब अन्य ठाउहरुमा देखाउने तयारी छ ।

‘सुगुप’ हेरिसकेपछि अधिकांश दर्शकले ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्कारको विषयमा कोसेढुंगा सावित हुने प्रतिक्रिया दिएका छन् । यो लिम्बू भाषिक चलचित्र हो लिम्बू भाषामा निर्माण भएको चलचित्र भएतापनि बुझ्न भने गाह्रो छैन सजिलोको लागि यस फिल्ममा नेपाली र अङ्ग्रेजी भाषामा सबटाइटल समेत दिईएको छ । लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन प्रस्तुत कर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी दिए ।

`सुगुप´मा लिम्बू संस्कृति तथा रिति रिवाजलाई निर्देशकले रचनात्मक ढंगले प्रस्तुत गरेका छन् । कुलतले मानिसलाई गरिब बनाउने र इज्जत र परिवारको लागि मानिसले केके सम्म गर्छ भन्ने ‘सुगुप’मा देखाएईको छ । बर्गिय भेदभाव र शिक्षाको अभावले बिग्रने सोच र रिसरागले गरिएको व्यवहारले निम्त्याउने समस्यालाई यस फिल्ममा उठान गरिएको भने चेतनाको अभावले गर्दा ग्रामीण भेगका महिलाहरुले भोग्ने समस्याहरुलाई सरल शैलीमा प्रस्तुत गरिएको छ ।

चलचित्र ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो,योमन सोदेम्बा,सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरूको अभिनय रहेको छ ।

प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द्व निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ । भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौँ, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको निर्देशन लोकेन साँबा लिम्बु हुन् । साथै यस चलचित्रको विराटनगरमा पनि इटहरीको प्रदर्शनी संगै भव्य प्रदर्शन भएको निर्माण युनिटले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।