धनकुटाको सांगुरीगढीमा सवारी दुर्धटना, तीन जना घाइते
धनकुटा । धनकुटाको सांगुरीगढीमा सवारी दुर्घटना भएको छ ।
आज अं. १८:४५ बजेको समयमा धनकुटाको साँगरीगढी गाउंपालिका वडा नं ६ गर्जुवा स्थित कोशी लोक मार्गमा भेडेटारबाट मुलघाट तर्फ जादै गरेको को १ च ३२८० नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट जादै गरेको को ३३ प ८३५७ नम्बरको मोसा एक आपसमा ठोक्किंदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा ३ जना घाइते भएको र ३ जनाकै अवस्था गम्भिर रहेकोले तत्काल उचारको लागी धरान घोपा तर्फ पठाईएको प्रहरीले जनाएको छ ।


