अपडेट : धनकुटाको सांगुरीगढीमा सवारी दुर्घटनामा घाइते ३ मध्ये एकको मृत्यु
धनकुटा ।धनकुटाको साँगुरीगढी गाउँपालिका- ७ गर्जुवा स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
हिजो बेलुका ७ बजे कोशी लोकमार्गमा भेडेटारबाट मुलघाटतर्फ जादै गरेको को. १ च. ३२८० नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट आउँदै गरेको को. ३३ प. ८३५७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक साँगुरीगढी- ६ का २२ बर्षीय अभिषेक लिम्बु, सोही मोटरसाईकलमा पछाडी सवार २५ बर्षीय दिवश तामाङ र भ्यान चालक सोही स्थानका ३० बर्षीय तुल बहादुर राई घाईते भएका थिए ।
दुर्घटनामा परि घाईते भएका तिनै जनाको धरान घोपामा उपचार भईरहेकोमा मोटरसाईकल पछाडी सवार तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


