पांख्रीबासको एक घरमा आगलागी,सात लाख नगद सहित सम्पूर्ण घर जलेर नष्ट ! २० लाख बराबरको क्षति
धनकुटा । धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं ४ काे एक घरमा आज आगलागी भएकाो छ । पाख्रीवास ४ सिमखेत भन्ने ठाउका पार्वतीदेवी वस्नेतकाे दुई तले कच्चि घरमा आगलागी भएकाे हाे ।
आगलागीमा परि घर सहित सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा २० लाख बराबरकाे क्षति भएकाे अनुमान गरिएकाे ४ नं वडाध्यक्ष सन्ताेष मानन्धरले जानकारी दिनुभयाे ।
७ लाख नगद, सुन, चाँदी, अन्य सामान र मुनि ढुङ्गा माटाेकाे गाराे माथि टिनकाे बेरा र छानाे पनि टिनकै भएकाे दुई तले घर जलेर नष्ट भएकाे उहाँले बताउनु भयाे ।
मानन्धरका अनुसार ७ लाख नगद ऋण तिर्न भनी तयार गरिएकाे पीडित पारिवारले जनाएकाे छ । विद्युत सर्ट भएर घरमा आगलागी भएकाे अनुमान गरिएकाे छ ।
वस्नेत परिवारले साे घर हालै मात्र खरिद गरेकाे जनाईएकाे छ ।


