अपडेट : धनकुटाको धर्मशालामा लागेको आगलागी नियन्त्रणमा
धनकुटा । धनकुटा नगरपालिकाको वडा नं १० र पाख्रिबास नगरपालिकाको वडा नं ९ स्थित उत्तरपानी धर्मशालामा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
आगो स्थानियबासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी,नेपाली सेना,दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
बिहान करिब ११ बजेतिरबाट कमला मोक्तानको घरमा आगो बालेर छोड्दा आगो सल्किएर आगलागी भएको थियो ।
आगलागीबाट मोक्तानको सहित मेहरमान मोक्तानको दुइवटा घर जलेर नस्ट भएका छन । त्यस्तै चन्द्रकुमारी अधिकारी र रत्न ठाडा मगरको घरमा केही क्षति पुगेको छ ।
क्षतिको पूर्ण विवरण आइसकेको छैन ।


