पाख्रिबास नगरपालिकामा नगर प्रहरीमा भर्ना खुल्यो
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा नगर प्रहरीको भर्ना खुलेको छ ।
नपाले करारमा २ जना नगर प्रहरी भर्ना गर्न चैत १६ गते सम्म आवेदन माग गरेको हो ।
नपाले जारी गरेको सूचनामा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र भूपु सैनिक,प्रहरी वा यस अघि नपा प्रहरीमा कार्यरत भए सो उमेरको हद नलाग्ने उल्लेख छ ।
न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ ।



